आजको सुनचाँदी बजारः सुन प्रति तोला ५०० ले बढ्यो


आज नेपाली बजारमा छापावाला सुनको मूल्य ५०० रुपैयाले बढेर ९४ हजार ८०० ले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९४ हजार ३०० रहेको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि ५०० रुपैया ले नै बढेर ९४ हजार ३०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९३ हजार ८०० रहेको थियो ।

चाँदीको मुल्य पनि १० रुपैयाले बढेर १ हजार २९० मा कारोबार भइरहेको छ । हिजोको चाँदीको मूल्य १ हजार २८० रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Khabar
?>