क्रिश्चीयन धर्मगुरु पाष्टर आचार्यलाई रिहा गर्न इसाई समाजको माग


झापा – झापाको दमकमा इसाई समाज १ नम्बर प्रदेश समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर क्रिश्चीयन धर्मगुरु भएकै कारण पाष्टर आचार्यलाई प्रहरी पक्राउ गरी अदालतमा बुझाएको घट्नाप्रति गम्भिर ध्यानकर्षण भएको इसाई समाजले जनाएको छ । डोल्पा जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धाको पेशी बुझ्न अदालत पुगेको दिन पाष्टर आचार्यलाई प्रहरीले पुनःपक्राउ गरेको इसाई समाज प्रदेश १ समितिले प्रेष विज्ञप्तीमा जनाएको छ ।

धर्म परिवर्तन सम्बन्धीको कसुर मुद्धामा डोल्पास्थित प्रहरी नियन्त्रणमा रहेका कास्की पोखरा महानगरपालिकाका वडा नं ३२ खुदीका क्रिश्चीयन धर्मगुरु पाष्टर केशवराज आचार्यलाई तत्काल रिहाई गर्न इसाई समाजले माग गरेको छ ।

पाष्टर आचार्यलाई ०७७ साल २ जेठमा कास्की पोखरा–३२ खुदीस्थित घरैबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतले ०७७ असार १६ गते रु ३ लाख धरौटी माग गरेको थियो । सो धरौटी बुझाएर उनी रिहा भएका थिए ।

पत्रकार भेटघाटको क्रममा इसाई समाज १ नम्बर प्रदेश समितिले जारी गरेको प्रेष बिज्ञप्तीमा भनिएको छ मुद्धाको पेशी बुझ्न डोल्पास्थित जिल्ला अदालतमा पुगेको दिन मंसिर ६ गते पाष्टर आचार्यलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ गरेको दिन पाष्टर आचार्यलाई जिल्ला अदालतले दुई वर्ष कैद र रु २० हजार जरिवाना माग गर्यो ।

समाजका अध्यक्ष पाष्टर बिक्रमवर्णवास एक्तेनद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सम्मानित अदालतले आफ्नै आदेश विपरित पाष्टर आचार्यलाई कैद सजाय र जरिवाना सुनाएको घट्नाले क्रिश्चीयन समुदायप्रति ठाडो हस्तक्षेप भएको भनिएको छ ।

पाष्टर आचार्यमाथी सुनियोजित तवरले मुद्धा दर्ता गरेर दुःख दिइरहेको घट्नाले क्रिश्चीयन धर्मावलम्बीहरु अत्यन्तै मर्माहत भएको समाजद्वारी जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । आमनागरिकलाई भ्रम सृजना गर्ने झुठा मुद्धाको आरोपले आज क्रिश्चीयन धर्मावलम्बीहरुलाई अन्याय भएको पनि बिज्ञप्तीमा भनिएको छ ।

सोही, कार्यक्रममा इसाई समाज प्रदेश १ का सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राईले धर्म रोज्ने र छाड्ने मानव अधिकारसम्बन्धीका कतिपय हाम्रो देशको कानूनी मूल्य मान्यताहरुलाई प्रशासनले धज्जी उढाएको आभाष भइरहेको बताए । पाष्तर राईले यो देशमा ३० लाख बढी संख्यामा रहेका क्रिश्चीयनहरुमाथि आज प्रहरी प्रशासन र कानूनी व्यवस्थाका त्रिमूर्ती सम्मानित अदालतले दुःख र कष्ट दिइरहेको बताए ।

पाष्टर आचार्यले कोरोना भाइरस (कोभिड–१९) को माहामारीको समयमा आफ्ना अनुयायीहरुलाई प्रार्थना गरेर ठिक पारिदिने भन्दै हिडेको आरोप लगाउदै प्रहरीले ०७७ साल जेठ २ गते पक्राउ गरेको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष पाष्टर येक्तेन, उपाध्यक्ष पाष्टर बिनोद मुर्मु, उपाध्यक्ष पाष्टर एनोस गजमेर, उपाध्यक्ष पाष्टर बिकास राई, कोषाध्यक्ष जमुना खड्का, सल्लाहकार पाष्टर राजकुमार राई लगायत उदयपुर, धनकुटा, मोरङ, सुनसरी, इलाम र झापाका धर्मगुरुहरुको उपस्थ्तिि रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण इसाई समाज दमक नगर समितिका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Khabar
?>